
धादिङ । मंसिर ४ नजिकिँदै गर्दा बागमती प्रदेशको नयाँ मुख्यमन्त्री को बन्ला भन्ने पनि चर्चा सुरु भएको छ । तर दलहरुले आफ्नो तर्फबाट सम्भावित मुख्य मन्त्री हुने व्यक्तिका नाम भने सार्वजनिक गरिसकेका छैनन् ।
कांग्रेसका प्रदेशका सभापति इन्द्र बानियाँ प्रदेशसभा सदस्य निर्वाचित भएर मुख्यमन्त्री बन्ने दौडमा छन् । यद्यपी सिन्धुपाल्चोकमा कांग्रेस नेता मोहन बस्नेत र सभामुख अग्नी सापकोटाको क्षेत्र एउटै भएकाले बस्नेत संघमा टिकट नपाए मुख्यमन्त्री ग्यारेन्टी गरेर प्रदेशमा आउने तयारीमा छन् ।
हाल आर्थिक ममिला तथा योजनामन्त्री रहेका धादिङका शालिकराम जम्कट्टेल मुख्यमन्त्रीको दाबीसहित फेरि प्रदेशमै धादिङबाट निर्वाचन तयारीमा छन् । एमालेका पोलिटब्युरो सदस्य रामेश्वर फुयाँल मुख्यमन्त्रीको अकांक्षा राख्दै प्रदेशमा चुनाव लड्ने तयारीमा रहेको एमाले स्रोतले जनाएको छ ।





































