
धादिङ । शहीद स्मारक सी डिभिजन लिगको छनोट प्रतियोगितामा असोज ११ गते सानो गौचरण काठमाडौं सँग बराबरी खेलेको धादिङको लगनशिल युवा क्लवले आज सिद्धि मेमोरियल भक्तपुरलाई पराजित गर्दै समुह विजेता बन्दै नकआट चरण प्रवेस गरेको आकाश छत्कुलीले धादिङपोष्टलाई बताए ।
आज भएको सिद्धि मेमोरियल भक्तपुरलाई पराजित गर्न धादिङ लगनशिल युवा क्लव ज्वालामुखीका लागि विजय तामाङले २ गोल र सरिम मगरले १ गोल गरेका थिए भने भक्तपुर २ गोलमा सिमित बनेको थियो । सी डिभिजन लिगको छनोट प्रतियोगितामा धादिङबाट दुई क्लव सहभागी छन् ।
धादिङकै अर्को टिम बच्छलादेवि युथ क्लव धुलीबेसीले पहिलो खेल असोज २३ गते झापा फुटबल क्लव सँग १५ः३० बजे र दोस्रो खेल असोज २५ गते गोरक्षा स्पोर्टस क्लव सँग १५ः३० बजे खेल्ने छ । गत वर्षको छनोटमा धादिङबाट चक्रदेवी सामुदायीक समाज नलाङ सिद्धलेक, लगन्सिल युवा क्लव ज्वालामुखी र शुभारम्भ युवा समाज गल्छीले भाग लिएका थिए तर छनोटमा भने पर्न सकेका थिएनन् ।





































