
धादिङ । सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले सिद्धलेक विकासका लागि सबै जनप्रतिनीधिहरु एकतावद्ध भएर लागेको बताएका छन् । सिद्धलेक गाउँपालिका वडा नम्बर १ ले दशैं, तिहार, छठ र नेपाल सम्वत्को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष खतिवडा सिद्धलेकको विकासका लागि निर्वाचित जनप्रतिनीधिहरु एकतावद्ध भएर लागेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष सविता अर्यालले गाउँपालिकाले गर्नुपर्ने कार्यक्रम वडा नम्बर १ ले गरेकोमा धन्यावाद दिँदै चाड पर्व उल्लास पूर्ण तवर मनाउन आग्रह गरिन् । भुमि आयोग धादिङका अध्यक्ष कृष्ण अर्यालले अब छिट्टै भुमिहिनहरुले लर्गाधनी पर्जा पाउने बताएका छन् । चाड पर्वलाई तडक भडक नबनाउन र संस्कृतिलाई जगेर्ना गर्ने गरि दशै मनाउन आग्रह गरेका थिए ।
सिद्धलेक १ का पेमा लामाको अध्यक्षतामा भएको उक्त शुभकामना कार्यक्रममा वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत राममणि मिश्र, राजनीतिक दलका प्रतिनीधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।





































