धादिङमा ७ हजार ८५५ जना गरिब परिवारमा सूचिकृत (कुन पालिकामा कति ?)

Avatar photo
Dhadingpost
अशोज १४, २०७९

धादिङ । सरकार विपन्न नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यका गरिब परिवारमा सूचिकृत कार्य सुरुगरे सँगै धादिङमा ७ हजार ८५५ जना गरिब परिवारमा सूचिकृत भएका छन् ।

भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले सार्वजनिक गरेको गरिब परिवार सूचिकृतमा धादिङबाट ७ हजार ८५५ जना गरिव परिवारमा सूचिकृत भएका हुन् ।

धादिङको कुन स्थानीय तहमा कति गरिव परिवार ?
१. रुबीभ्यालीमा ७४७ जना
२. खनियाबासमा ३११ जना
३. गङ्गाजमुनामा ५३६ जना
४. त्रिपुरासुन्दरीमा २६७ जना
५. नेत्रवती डवजोङमा १७५ जना
६. नीलकण्ठमा १४२५ जना
७. ज्वालामुखीमा २६१ जना
८. सिद्धलेखमा ३४५ जना
८. बेनीघाट रोराङमा १६४४ जना
१०. गजुरीमा १०५३ जना
११. गल्छीमा २५१ जना
१२. थाक्रेमा ५२७ जना
१३. धुनीबेसीमा २१३ जना