
धादिङ । शहीद स्मारक सी डिभिजन लिगको छनोट प्रतियोगितामा धादिङबाट दुई क्लव सहभागी छन् । धादिङको दुई टिम मध्य ज्वालामुखीको लगनशिल युवा क्लवले १ खेल बराबर खेलेको छ भने दोस्रो खेल आज खेल्ने छ ।
६० क्लव सहभागी यो सी डिभिजन लिगको छनोट खेल २० समुह बनाएर खेलाईएको छ । ग्रुप इ को २ नम्बरमा रहेको धादिङको लगनशिलले पहिलो खेल सानो गौचरन काठमाडौं सँग बराबरी खेलको छ । लगनशिलले ३ गोल गर्दा सानो गौचरनले पनि ३ गोल गरेको थियो । आज १२ः१५ बजे लगनशिलले दोस्रो खेल सिद्धिमेमोरिएल भक्तपुर सँग खेल्ने छ ।
यस्तै धादिङकै अर्को टिम बच्छलादेवि युथ क्लव धुलीबेसीले पहिलो खेल असोज २३ गते झापा फुटबल क्लव सँग १५ः३० बजे र दोस्रो खेल असोज २५ गते गोरक्षा स्पोर्टस क्लव सँग १५ः३० बजे खेल्ने छ । गत वर्षको छनोटमा धादिङबाट चक्रदेवी सामुदायीक समाज नलाङ सिद्धलेक, लगन्सिल युवा क्लव ज्वालामुखी र शुभारम्भ युवा समाज गल्छीले भाग लिएका थिए तर छनोटमा भने पर्न सकेका थिएनन् ।



































