काठमाडौं-धादिङ बस टिकट काउन्टर बन्द गरिँदा यात्रुलाई सकस

Avatar photo
Dhadingpost
अशोज १३, २०७९

धादिङ । बुधबार साँझ देखि काठमाडौं माछा पोखरीमा रहेको काठमाडौं-धादिङ चल्ने बसको टिकट काउन्टर बन्द हुँदा सर्वसाधरण यात्रुहरु मर्कामा परेका छन् ।

सादा पोशाकमा यात्रु बनेर काउण्टर पुगेका ट्राफिक प्रहरीले टिकट काउण्टरका कर्मचारीलाई विना प्रमाण बढी भडा लिएको झोला लगेजको समेत मनलाग्दी भाडा लिने गरेको आरोपमा पक्राउ गरेपछि काउण्टर बन्द भएको मंण्डली यातायतका अध्यक्ष शरद अधिकारीले धादिङपोष्टलाई बताए ।

हामी दशैंको बेला काउण्टर बन्द गर्ने यातायत सेवा प्रभावित गर्ने पक्षमा छैनौ । तथापी कर्मचारीहरुले असुरक्षित भयौं भनेर बन्द गरेका हुन् खोल्ने छलफल हुँदैछ । पक्राउ परेका कर्मचारीलाई पनि छुटाउने छलफल भईरहेको अध्यक्ष अधिकारीले बताए । फाईल फोटो