
धादिङ । बागमती प्रदेश खेलकुद परिषदले जिल्ला खेलकुद विकास समिति धादिङको सदस्यमा अनिश अधिकारीलाई नियुक्त गरेको छ । ५ सदस्यीय जिल्ला समितिमा यस अघि अध्यक्षले मात्रै जिल्ला समिति चलाउँदै आएका थिए ।
जिल्ला अध्यक्ष प्रताप सिंह तामाङका अनुसार लामो समय देखि जिल्ला खेलकुद समिति सदस्यहरु रिक्त अवस्थामा थियो प्रदेशले ४ सदस्यलाई नियुक्ती गर्नु पर्ने हो, अहिले अनिश अधिकारीको नियुक्ति पत्र आईपुगेको र अन्य ३ जना अझै नियुक्त गर्न बाँकी छ ।
अध्यक्ष तामाङले सदस्यमा नियुक्त अनिश अधिकारीलाई आजै पदभार ग्रहण गराएका छन् भने नियुक्त हुन बाँकी अन्य सदस्यहरुको पनि छिटो भन्दा छिटो नियुक्ती गरि दिन प्रदेश खेलकुद विकास समिति सँग आग्रह गरिएको बताए ।






























