उत्तरी धादिङ जाने जीपमा भाडा दोब्बर बृद्धि (भाडा दर समेत)

Avatar photo
Dhadingpost
अशोज १२, २०७९

धादिङ । चाडपर्वको मौका छोपेर धादिङका विभिन्न सडक खण्डमा चल्ने सवारी साधनले मनपरी भाडा असुलिरहेका छन् । यस विषयमा सरोकारवालहरु मौन छन् ।

धादिङका ग्रामीण सडकमा गुड्ने साना जीप, बलेरो, ट्याक्सी लगायत सवारी साधनले नयाँ भाडादर कायम गर्दै दोब्बर भाडा बृद्धिगरेको पाईएको छ । बृद्धिभएको भाडादरमा जानपनि जिपहरु मानिरहेका छैनन् रिजर्भ जानेभए जान्छौं भन्दै जीपहरुले यात्रु सँग बार्गेनिङ गर्ने गरेको यात्रुहरु बताउँछन् । रिजर्भका नाममा सवारी साधनले तेब्बर बढीसम्म भाडा लिएर यात्रुलाई ठग्ने काम गरेको उनीहरुको गुनासो छ ।

यस अघि जीपले ७०० दिँदै आएको झार्लाङको भाडा बढाएर १२०० बनाईएको छ भने रिजर्भको लागि जिपले ३००० भन्ने गरेका छन । समितिले धादिङपोष्टलाई उपलब्ध गराएको भाडा दरमा पेरचोक को भाडा १३०० र बोराङको भाडा १५०० कायम गरिएको छ ।