बेनीघाट रोराङको कार्यपालिका बैठक सम्पन्न, यस्ता छन् ५ निर्णय

Avatar photo
Dhadingpost
अशोज ११, २०७९

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले कार्यपालिकाको बैठक आलो पालो रुपमा वडाहरुमा गर्ने निर्णय गरे अनुरुप आज वडा नम्बर १० को कार्यालय परिषर खोरभन्ज्याङमा कार्यपालिकाको बैठक सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)को अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न ५ निर्णयहरु गरेको बैठकमा सहभागी एक कार्यपालिका सदस्यले धादिङपोष्टलाई बताए ।

यस्ता छन् आज सम्पन्न कार्यपालिका बैठकको निर्णयहरु
१. उपाध्यक्षको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समिति गठन
२. उपाध्यक्षको संयोजकत्वमा बजार अनुगमनलाई प्रभावकारी बनाउने
३. इजाजत पत्र सिफारिस समिति गठन
४. QRT (Quick Response Team/IRT Initial Response Tean) गठन
५. LEOC (Local Emergency Operating Center) गठन

x