
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाले विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता (वास) कार्यक्रमको ५ वटा संस्थाहरु सँग संझौता गरेको छ ।
८३ लाख ६७ हजार ५०० अनुमानित लागत रहेको उक्त परियोजनाको लागि ज्वालामूखी गाउँपालिका, वाइन टु वाटर नेपाल, रोटरी क्लव अफ धादिङ, वाटर सेण्टर ट्याण्टी वान पहल र रोटरी क्लव अफ नारायणगढ बीच सम्झौता भएको हो ।
उक्त आयोजनाका लागि ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १, ३, ५, ६ र ७ मा रहेका त्रिपुरासुन्दरी मावि, भुवनेश्वरी मावि, कालिका काप्राभञ्ज्याङ आवि, खड्गदेवी आवि, पिपलटार आवि, बालादेवी आवि, स्थानापति आवि, बराहा कालिका आवि, र सालबास माविमा संचालन हुने छ ।











