सेउलीमा खुल्ला फुटबल प्रतियोगिता असोज १२ देखि हुँदै

Avatar photo
Dhadingpost
अशोज १०, २०७९

धादिङ । भोर्ले युवा समाज धादिङले यहि असोज १२ गते देखि योङ्गस्टार खेल मैदान सेउलीमा यहि असोज १२ देखि १६ गते सम्म खुल्ला फुटबल नकआउट प्रतियोगिता संचालन गर्ने भएको छ ।

विजया दशमीको अवसरमा हुन लागेको उक्त प्रतियोगिताको लागि टिम दर्ताको समय असोज ११ गते सम्म दिईएको आयोजक संस्थाका यामु गुरुङले धादिङपोष्टलाई बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार, ५५५, दोस्रो हुने टिमले २५ हजार ५५५ र उत्कृष्ट खेलाडीले २ हजार, उत्कृष्ट गोलरक्षकले २ हजार र उच्च गोलकर्ता खेलाडीले २ हजार जित्ने आयोजकले जनाएको छ ।