
धादिङ । जिल्ला प्रहरी कार्यालयले दशैको अवसरमा यात्रुहरुका लागि जिल्लाका विभिन्न ६ ठाउँमा यात्रु/नागरिक सहायता कक्ष स्थापना गरेको छ ।
नेपालीहरुको महान चाड वडा दशैं, दिपावली तथा छठ पर्वको अवसरमा मानिसहरुको वढि आवत जावत एवम् सवारी चाप वढ्दै जाने हुँदा वसपार्क, वजार क्षेत्रका टिकट काउण्टरमा हुने भिड भाड, वढि भाडा लिने, यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीले संचालनमा ल्याएको यात्रु/नागरिक सहायता कक्षहरु
धुनिवेशी न.पा. ९ खानिखोला मो.न. मोवाइल नम्बर ९८५१२८५३८०
थाक्रे गा.पा. २ महादेववेशी वजार‚ मोवाइल नम्बर ९८५८७९०१४३
गल्छी गा.पा. ७ गल्छी चोक वजार‚ मोवाइल नम्बर ९८४१८८९०५१
गजुरी गा.पा. १ गजुरी बजार‚ मोवाइल नम्बर ९८४१३९१३९८
बेनिघाट रोराङ गा.पा. ९ मझिमटार‚ मोवाइल नम्बर ९८५२६९००७३
निलकण्ठ न.पा. ३ पुछारवजार‚ मोवाइल नम्बर ९८५१२९६९०९

