कांग्रेसको समानुपातिक बन्दसूचीमा धादिङबाट कसैको नाम परेन

Avatar photo
Dhadingpost
अशोज ९, २०७९

धादिङ । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा धादिङबाट कसैको पनि नाम नपरेको पाईएको छ ।

कांग्रेस धादिङले समानुपातिक तर्फ क्षेत्र नम्बर १ बाट उर्मिला थपलिया, दिपककान्त थपलिया, कविता इटनी, इन्द्र कडेल र धादिङ क्षेत्र नम्बर २ बाट शिवराज अधिकारी, देवीकुमारी बुर्लाकोटी र हर्कमान तामाङ गरी ७ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेपनि बन्द सूचीमा नपरेको पाईएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षर सहित निर्वाचन आयोगमा बुझाईएको बन्द सूचीमा ११० जनाको नाम समावेश छ जसमा धादिङबाट १ जनाको पनि नाम समावेश छैन ।

को-को परे कांग्रेसको समानुपातिक तर्फको बन्दसूचीमा