धादिङका तीन युवा संगठनले सीडीओ मार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाए

Avatar photo
Dhadingpost
अशोज ७, २०७९

धादिङ । नेपाली कांग्रेसको तरुण दल, माओवादी केन्द्रको वाईसीएल र एकीकृत समाजवादीको युवा संघले धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल मार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरि संविधान उल्लङ्घन गरेकोले आन्दोलन स्वरुप ज्ञापन पत्र बुझाईएको वाईसीएल धादिङका इन्चार्ज सन्तोष डल्लाकोटीले धादिङपोष्टलाई बताए ।

ज्ञापन पत्र बुझाउन तीनै संगठनका युवाहरु आज मध्यान्ह जिल्ला प्रशासन पुगेका थिए ।
ज्ञापन पत्र जस्ताको तस्तै