साङ्कोश माविका ४३ विद्यार्थीलाई AMY टिमको जनही १०,०५० छात्रवृत्ति

Avatar photo
Dhadingpost
अशोज ७, २०७९

धादिङ । नीलकण्ठ नगपालिका १२ स्थित साङ्कोश माध्यामिक विद्यालयमा अध्ययनरत ४३ जना विद्यार्थीहरुलाई AMY टिमले जनही १० हजार ५० रुपैया छात्रवृत्ति स्वरुप प्रदान गरेको छ ।

नेपाली कांग्रेस धादिङका सदस्य युवा नेता राजु गुरुङको संयोजनमा AMY टिमले उक्त रकम विद्यार्थीहरुलाई छात्रवृती स्वरुप प्रदान गरेको विद्यालयले जनाएको छ । वडाध्यक्ष एवम् छात्रवृती हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि धर्मराज भण्डारीले दलित तथा जनजाती विपन्न परिवारका विद्यार्थीलाई करिव ५ लाख छात्रवृत्ति प्रदान हुनु प्रशंसनिय कार्य भएको बताएका थिए ।

कार्यक्रममा स्थानीय दलका प्रमुख, एवम् प्रतिनीधिहरु, अभिभावकहरुको उपस्थिति रहेको थियो भने आर्थिक सहयोग विद्यालय सम्म ल्याउनको लागि महत्वपूर्ण भुमिका खेल्ने राजु गुरुङले सहयोगी दाता Ms.Chang Yu-Fang (AMY) लाई धन्यावाद दिएका थिए । तस्वीर स्रोत साङ्कोश मावि