धादिङका जनप्रतिनीधिहरुलाई शैली बदलेर काम गर्न मन्त्री जमकट्टेलको आग्रह

Avatar photo
Dhadingpost
अशोज ७, २०७९

धादिङ । जिल्ला समन्वय समिति धादिङको छैटौ जिल्ला सभा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले धादिङका स्थानीय तहका जनप्रतिनीधिहरुलाई शैली बदलेर काम गर्न आग्रह गरेका छन् ।

सोच र शैली बदल्न सके विकासले छलाङ मार्ने दावी गर्दै मन्त्री जम्कट्टेलले सानो पुँजी भएका मुलुकहरुले एक पटकमा एउटा कामलाई प्राथमिकता दिने गरेकोले उनीहरु सम्पन्न बन्दै गएको देखिन्छ हामीले पनि आफ्नो पुँजी अनुरुप कामको वर्गिकण गरेर कुनै एक कामलाई प्राथमिकतामा राखेर जानु पर्ने बताए ।

सम्बोधनको क्रममा मन्त्री जमकट्टेलले राष्ट्रपति विद्यादेवि भण्डारीलाई संविधानको रक्षक नभएर भक्षक भएको बताए । नागरिकता विधेक प्रमाणिकण नगर्नुले पुष्टि गरेको छ राष्ट्रपति रक्षक हैन भक्षक हुन् हामीले कस्ता मान्छेलाई सम्माननिय बनायौं ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको अध्यक्षतामा आज उद्घाटन भएको जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुखका साथै जिल्ला सभाका सदस्यहरु सम्मिलित छैटौं जिल्ला सभा शनिबार सम्म चल्ने छ ।