
धादिङ । प्रेस काउन्सिल नेपालले आफ्नो ५३ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न ११ विधामा ४४ जना पत्रकारहरुलाई विहिबार पुरस्कृत गरेको छ । जसमा धादिङका नवराज छत्कुली सशक्त लेखन पुरस्कारबाट सम्मानित भएका हुन् ।यस विधा तर्फ सुरेन्द्र काफ्ले, मोरङ, काठमाडौँ, दिलबहादुर छत्याल, कैलाली र बालकृष्ण अधिकारी, काठमाडौँ सम्मानित भए ।
प्रेस काउन्सिल नेपालले यसवर्षको गोपालदास पत्रकारिता पुरस्कार पत्रकार हरिबहादुर थापालाई प्रदान गरेको छ । यस्तै सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार झापाका माधव भण्डारी (विद्रोही) लाई प्रदान गरेको छ । यसवर्षको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार आवाज एफएम पर्सा (प्रबन्ध निर्देशक – श्याम बञ्जरा) र अन्नपूर्ण पोस्ट दैनिक, काठमाडौँलाई प्रदान गरिगरेको छ ।
प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार थामी भाषा गोरखापत्र संस्करणका लागि टेकराज थामीलाई, प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार दामोदरप्रसाद दवाडी (काठमाडौँ), एकराज पाठक (काठमाडौँ), सुरेश धामी (कञ्चनपुर), श्यामनाथ कुँवर (कास्की), निशा ओली (काठमाडौँ), कृष्ण के.सी. (लमजुङ), भूपराज खडका (खोटाङ) पुस्कर बुढाथोकी (भक्तपुर), मनोज जोशी (तनहुँ, हालः काठमाडौँ) र विमल योगी (विनोद) – दाङलाई प्रदान गरिएको थियो ।

प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट मकर श्रेष्ठ (भक्तपुर), हिमाकुमारी चेम्जोङ (धनकुटा), राजेन्द्र धामी (दार्चुला), टपेन्द्र कार्की (सोलुखुम्बु), जीवन लामा (दोलखा), हरिबोल आचार्य (खोटाङ), शम्भु दङ्गाल (काठमाडौँ), रविन्द्र काफ्ले (पाँचथर), डिबी बुढा (जुम्ला), महेश के.सी (रुकुम), प्रदीप परियार (झापा), दशरथ घिमिरे (दाङ) र केशरराज क्षेत्री (प्यूठान) पुरस्कृत भए ।
प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार साहित्यपोष्टकी मायामितु न्यौपानेलाई प्रदान गरियो । प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार बर्दियाकी सरिताश्री ज्ञवाली, ललितपुरकी सञ्चिता घिमिरे, रुपन्देहीकी शारदा गैरे, र सुर्खेतकी रमा के.सी.ले प्राप्त गरे भने, प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारतर्फ प्रवीणकुमार शर्मा (रौतहट), अजय गोर्खाली (चितवन) र हेमबहादुर (कमल) राना (स्याङजा) पुरस्कृत हुनुभयो भने प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार विजयरत्न तुलाधर (काठमाडौँ), आनन्द श्रेष्ठ (सुनसरी) र जीवनकुमार पराजुली (काठमाडौँ) पुरस्कृत भए ।
यस्तै यसवर्षको काउन्सिल वर्ष कर्मचारी पुरस्कार वितरण सम्परीक्षण अधिकृत रहमतुल्हा मियाँ र मिडिया अनुगमनकर्ता लोकराज भट्टले प्राप्त गरे भने कर्मचारी प्रोत्साहन पुरस्कार मिडिया अनुगमनकर्ता सम्झना पौडेल र कार्यालय सहयोगी विष्णुप्रसाद न्यौपानेलाई प्रदान गरिएको थियो । यसैगरी प्रेस काउन्सिल दीर्घसेवा पदकबाट २० वर्ष सेवाअवधि पूरा गरेका हलुका सवारी चालक श्री देवीबहादुर रानालाई सम्मानित गरिएको छ ।
