
धादिङ । नेकपा एमाले धादिङका युवा नेताहरुले धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको फेसबुक स्टाटस विरुद्ध आक्रोस पोखेका छन् । प्रमुख जिल्ला अधिकारीले आफ्नो फेसबुकमा पोष्ट गरेको भनिएको शब्दमा ती युवाहरुले विरोध जनाउँदै आक्रोस् पोखेका हुन् ।
सीडीओ लम्सालको स्टाटस उनको साथीहरुले मात्रै हेर्न मिल्ने गरि पोष्ट भएकोले हामीले भने देखेनौ र स्टाटस र सामाजिक संञ्जालमा पोखिएको आक्रोसबारे बुझ्न हामीले पटक-पटक प्रमुख जिल्ला अधिकारी लम्साललाई सम्पर्क गर्यौं तर उनको सहयोगीले फोन उठाएर सीडीओ साप मिटिङमा हुनुभएको बताए ।
प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल पोष्ट गरेको भनिएको स्टाटस
नागरिकताको प्रमाणपत्र विहिन नेपाली नेपाली नागरिकको घाउमा मल्हम लगाउनेकी खुर्सानी ?

एमाले कार्यकर्ताहरुको आक्रोस जस्ताको तस्तै
सार्बजनिक पद धारण गरेको प्रमुख जिल्ला अधिकारी जस्तो पद आसिन ब्यक्तिबाट राजनैतिक पुर्वाग्रह राखी यस्तो धारण लेख्नु अत्यन्तै निन्दनीय छ।नागरिकताको बिषय सबैको चासो भएपनी पदिय मर्यादा भुलेर जुन खालको धारण सार्वजनिक भएको यसले प्रमुख जिल्ला अधिकारीको राजनैतिक मकुन्डो उदाङ्ग भएको छ।यो घटना प्रती हाम्रो संगठन नेपाल खेलकुद महासंघ धादिङको गम्भीर ध्यानाकर्षण भएको छ। चाडो भन्दा चाडो पदिय जिम्मेवारीबाट राजीनामा गर्दै आम रुपमा माफी माग्न नेपाल खेलकुद महासंघ धादिङको जोडदार माग गर्दछौ ।अन्यथा नेपाल खेलकुद महासंघ धादिङ जस्तोसुकै आन्दोलनमा उत्रिने चेतावनी दिन चाहान्छौ।नेपाल खेलकुद महासंघ जिल्ला कमिटी धादिङ
सचिव
तारा बहादुर मगर
राष्ट्रिय युवा संघ नेपाल राष्ट्रियता, स्वाधिनता र जनताको रक्षाको सन्दर्भमा पहरेदारको रूपमा,सामाजिक जागरण र परिवर्तनको सन्दर्भमा संबाहकको रूपमा र नेपाली समुदायको हकहितको सन्दर्भमा अभियान्ताको रूपमा विगत लामो समयदेखि कृयाशिल संगठन रहेको बेहोरा सवै सामु सर्वविदितै छ। राष्ट्रिय युवा संघ नेपाल यहि छबिका कारण देशकै ठुलो र शक्तिसाली युवा संगठन हो ।
मुलुक यति बेला ठुलो आर्थिक एवं राजनितिक संकटमा गुज्रिरहेको अवस्थामा छ। राजिनितिक दलको आफ्नै खालको स्वार्थ अनि व्युरोक्रेसि को आफ्नै खाले स्वार्थका कारण मुलुकको अस्मिता ,स्वाधिनता र राष्ट्रियता नै खतरा मा धकेलिदै गरेको आभास हुदै आएको छ ।
महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भएको नेपाल नागरिकता विधेयक,२०७९ समयसिमा भित्र प्रमाणीकरण नगरेपछी नेपाली राजनीति फेरि तरंगित भएको छ । विभिन्न राजनितिक दल अनि सामाजिक अभियान्ताहरु ले आ-आफ्नो धारणा व्यक्त गर्दै आएका छन।
यसै सन्दर्भ मा धादिंग जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल ले सरकारको नुन खाएर राजनितिक गन्ध आउने गरि राष्ट्रपतिको कदम बिरुद्द आफ्नो सामाजिक सन्जाल (फेसबुक ) मार्फत जुन ढंगको अभिव्यक्ति दिनु भएको छ त्यस प्रति राष्ट्रिय युवा संघ धादिंगको गम्भिर ध्यानाकर्षण भएको छ। जिल्लाको सि डि ओ बाट यस्तो अभिव्यत्कि आईरहदा हामि आगामि चुनाव निस्पक्ष हुने कुरा मा पनि शसंकित भएका छौ । सि डि ओ सावलाई राजनिति प्रति चासो छ भने स-सम्मान सरकारि पद बाट राजिनामा दिई आफ्नो जिल्ला गई राजनिति गर्नुहोस, होईन भने यो खालको अभिव्यक्ति तुरुन्त सच्चाई कुनै पनि दलको दबाव वा प्रभाव मा नपरि काम गर्नुहुन हामि बिनम्रता साथ अनुरोध गर्दछौ । यसो नभएको खण्डमा युवा संघ धादिंग सशक्त आन्दोलन मा उत्रने र आवश्यक कारवाहिको प्रकृया अगाडि बढाउने चेतावनि समेत दिन चहान्छौ।धन्यवाद।
कमल सिलवाल,
राष्ट्रिय युवा संघ नेपाल धादिङ
सार्बजनिक पद धारण गरेको प्रमुख जिल्ला अधिकारी जस्तो पद आसिन ब्यक्तिबाट राजनैतिक पुर्वाग्रह राखी यस्तो धारण लेख्नु अत्यन्तै निन्दनीय छ । नागरिकताको बिषय सबैको चासो भएपनी पदिय मर्यादा भुलेर जुन खालको धारण सार्वजनिक भएको यसले प्रमुख जिल्ला अधिकारीको राजनैतिक मकुन्डो उदाङ्ग भएको छ । यो घटना प्रती हाम्रो संगठन अनेरास्ववियु धादिङको गम्भीर ध्यानाकर्षण भएको छ । चाडो भन्दा पदिय जिम्मेवारीबाट राजीनामा गर्दै आम रुपमा मागी माग्न अनेरास्ववियु धादिङ जोडदार माग गर्दछ । अन्यथा अनेरास्ववियु धादिङ जस्तोसुकै आन्दोलनमा उत्रिने चेतावनी दिन चाहान्छौ।
रक्तिम रेग्मी
अनेरास्ववियु, धादिङ
