
धादिङ । आशन्न मंसिर ४ गते प्रतिनीधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनमा धादिङमा २,६५,९९६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
प्रतिनीधि सभा २ र पदेश सभा क्षेत्र ४ रहेको धादिङमा पुरुष मतदाता १,३५,४०१ र महिला मतदाता १, ३०,५९४ अन्य १ गरी धादिङमा २,६५,९९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको हो ।
धादिङमा यो पटक ५ मतदान स्थल थप भए सँगै मतदान स्थलको संख्या ११४ पुगेको छ ।
