
धादिङ । धादिङ जिल्लामा डेँगु संक्रमितको संख्या २ सय ७७ जना पुगेको स्वास्थ्य कार्यालय धादिङ जनाएको छ ।
साउन यता धादिङ अस्पतलामा ७९ पुरुष र ६४ महिला गरी १४३ जनामा डेंगु संक्रमित भएका छन् । जिल्ला अस्पताल मै उपचारको क्रममा ज्वालामुखी घर भएका एक पुरुषको यहि अवधिमा मृत्यु भएको छ ।
यस्तै धुनीबेसीमा ३ पुरुष, गजुरीमा १९ पुरुष र १४ महिला, बेनीघाट रोराङमा १ पुरुष र २ महिला, जवालमुखीमा ३ पुरुष, त्रिपुरासुन्दरीमा १५ पुरुष र ६ महिला, नेत्रावती डवजोङमा २ महिला र ठेगाना नखुलेका ३५ पुरुष र ३४ महिला धादिङमा यहि साउन यता डेंगु संक्रमित बनेका छन् ।


