धादिङका ३० विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट (सूची सहित)

Avatar photo
Dhadingpost
भदौ ३१, २०७९

धादिङ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरबाट ३ हजार ४७५ विद्यालय छनोट गर्दा धादिङबाट ३० वटा विद्यालय परेका छन् ।

बागमती प्रदेशका १३ जिल्लाबाट २८५ वटा विद्यालय छनोट भएको छन् जसमा सबैभन्दा धेरै चितवनबाट ४७, धादिङ, काठमाडौं र सिन्धुपाल्चोकबाट ३०–३० र सबै भन्दा कम भक्तपुरबाट ५ वटा विद्यालय रहेका छन् ।

धादिङका १३ स्थानीय तहमध्य सिद्धलेकबाट ४, बेनीघाट रोराङबाट २, गजुरीबाट ३, गल्छीबाट २, थाक्रेबाट २, धुनीबेसीबाट ३, रुबीभ्यालीबाट २, गंगाजमुनाबाट ४, त्रिपुरासुन्दरीबाट २, नेत्रावती डबजोङबाट २, नीलकण्ठ २, ज्वालामुखीबाट २ विद्यालयहरु छनोट परेका छन् ।

‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ निर्देशक समितिको बैठकबाट यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९–८० मा साउनबाट नै कार्यान्वयन गर्ने गरी प्रस्ताव आव्हान गरेको थियो । राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए ।
यो कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट भाषण मार्फत चालु शैक्षिक वर्ष (आर्थिक वर्ष) का लागि ८ अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्षको ७ अर्ब ८५ करोड ५१ लाख रुपियाँ छुट्याएको थियो ।

यी हुन् धादिङबाट छनोट भएका विद्यालयहरुको सूची