
धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित निगालपानीमा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयको प्रोजेक्टर, कम्प्युटर लगायतका सामाग्री चोरी भएको छ ।
प्रधानध्यापक हरि ईटनीका अनुसार भदौ २८ गते राती विद्यालयको ढोका फोरेर प्रोजेक्टर, कम्प्युटर लगायतका सामाग्री चोरी भएको हो । घटनाबार प्रहरीले अनुसन्धान गरि रहेको समेत उनले बताए ।
नीलकण्ठ नगरपालिकाका श्रोत व्यक्ति (शिक्षा) मेघनाथ कोईरालाले चण्डेश्वरी माविको कम्प्युटर जन्य सामाग्री चोरी भएको र अनसन्धानको लागि प्रहरीकोमा निवेदन दिईएको बताए ।
केहि वर्ष अघि पाल्पाभञ्ज्याङमा रहेको पाल्पा सामरी भन्ज्याङ मा. वि. मा पनि रातको समयपारेर बिद्यालयको ढोका फोरेर कार्यालयमा रहेको कम्प्युटर चोरी भएको थियो ।
