बालमन्दिर माविको ४४ औं वार्षिक उत्सवमा ३५ जनाले गरे रक्तदान

Avatar photo
Dhadingpost
भदौ २८, २०७९

धादिङबेसी । धादिङबेसी सदरमुकाममा रहेको बालमन्दिर माध्यामिक विद्यालयको ४४ ४४ औँ वार्षिक उत्सवको अवसरमा ३५ जनाले रक्तदान गरेका छन् ।

अन्तराष्ट्रिय बाल दिवस तथा बाल मन्दिर मावि को ४४ औँ वार्षिक उत्सवको अवसरमा युवा रेडक्रस सर्कल बालमन्दिरले आयोजना गरेको कार्यक्रममा ९ जना महिला र २६ जना पुरुष गरी ३५ जनाले रक्तदान गरेका हुन् ।

उक्त रक्तदान कार्यक्रमलाई प्राविधिक सहयोग जिल्ला रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले गरेको थियो ।