
धादिङ । धादिङमा डेंगु संक्रमणका विरामीको संख्या दैनिक बढ्न थालेपछि सिद्धलेक गाउँपालिकाले डेंगु नियन्त्रण अभियान सुरुगरेको छ ।
सिद्धलेक गाउँपालिका प्रमुख, उप प्रमु, वडाध्यक्ष र पालिकाका कर्मचारीहरुले डेंगु नियन्त्रणका लागि सरसफाई गर्दै अभियानको उद्घाटन गरेका हुन् ।
डेंगु संक्रमण रोकथाम अभियन संचालन गर्दै पालिका अध्यक्ष परशुराम खतिवडाले अभियानका क्रममा डेंगुका लार्भा खोज्ने र नष्ट गर्ने, डेंगुसम्बन्धी सचेतना फैलाउन घरदैलो गर्ने, विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम चलाउने बताएका छन् ।
