बेनीघाट रोराङमा ३७ जनालाई मन्टेश्वरी तालिम सुरु

Avatar photo
Dhadingpost
भदौ २८, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङमा ३७ वटा बालबिकास केन्द्रका ३७ जना सहयोगी कार्यकर्ताको ५ दिने आवासीय मन्टेश्वरी तालिम सुरुभएको छ । बेनीघाट राेराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले एक कार्यक्रमका बीच तालिम उद्घाटन गर्दै परम्परागत सिकाइ र मन्टेश्वरी शिक्षामा भिन्नता रहेको र आधुनिक शिक्षा विधि मन्टेश्वरी शिक्षा भएकोले तालिम प्रभावकारी हुने बताएका थिए ।

गाउँपालिकाका शिक्षा अधिकृत बोधराज पाठकले यो सामान्यतया २ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई सबै इन्द्रीयहरुको प्रयोग मार्फत आफैंले छोएर, हेरेर, गरेर अनि व्यक्तिगत वा समुहगत रुपमा विभिन्न क्रियाकलाप अथवा खेलमा सहभागी गराएर सिकाउने विधि मन्टेश्वरी शिक्षा भएको र यसैको सेरोफेरोमा सहभागिहरुलाई तालिम दिईने बताए ।

मन्टेश्वरी कक्षामा विद्यार्थीहरुले परम्परागत स्कुलमा जस्तै घोकेर, रटेर नभई प्रयोगात्मक गतिबिधि मार्फत आफैं सिक्ने भएकाले यहि शिक्षण विधिलाई एकरुपतामा ल्याउन पालिकाभरिका बालबिकास केन्द्रका ३७ सहयोगी कार्यकर्ताहरूलाई तालिमको आयोजना गरिएको उनले बताए ।