
धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङका पूर्व कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषदले २५ बर्ष सेवा गरे वापत दीर्घ सेवा पदकले सम्मान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदले प्रदान गरेको उक्त पदक आज जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङ, कार्यालय प्रमुख रमेशमान तुलाधर र पूर्व कार्यालय प्रमुख एवम् कराते प्रशिक्षक भिम गुरुङले श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले धादिङको खेलकुदलाई यो उचाई सम्म कर्मचारीको तर्फबाट तपाईले खेल्नु भएको महत्वपूर्ण भुमिकालाई कहिल्यै भुल्न नसक्ने बताउँदै गर्दा पूर्व कार्यालय प्रमुख श्रेष्ठले गहभरि आँशु झार्दै अहिले अस्वस्थ्यताले फिल्डमा खट्न नसक्ने भएको छु । विगतको योगदानलाई प्रशंसा गरिदिनु भएको धन्यावाद भनेका थिए ।
