धादिङका एक युवा एक केजी सुनसहित पक्राउ

Avatar photo
Dhadingpost
भदौ २६, २०७९

धादिङ । काठमाडौं महानगरपालिका–४ महाराजगन्ज शंखपार्क स्थित नजिकै सडकबाट धादिङको रुवी भ्याली ३ का ३० वर्षीय तोकमान तामाङ एक केजी सुन सहित पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा शनिबार धादिङ घरभई टाेखा बस्ने ती युवालाई पक्राउ गरिएकाे प्रहरी वृत्त महाराजगन्जले जनाएकाे हाे ।