एमालेको धादिङ-काठमाडौं सम्पर्क मञ्चले बनायो ५०१ सदस्यीय निर्वाचन जनपरिचालन कमिटी

Avatar photo
Dhadingpost
भदौ २६, २०७९

धादिङ । काठमाडौंमा शनिबार सम्पन्न एमालेको धादिङ-काठमाडौं सम्पर्क मञ्चले बनायो ५०१ सदस्यीय निर्वाचन जनपरिचालन कमिटी गठन गरेको छ ।

नेकपा एमाले धादिङ-काठमाडौं सम्पर्क मञ्चको विस्तारित बैठक, प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा संजिव पाण्डेको संयोजकमा ५ सय एक जना निर्वाचन जनपरिचालन कमिटी गठन गरिएको बताईएको छ ।

विस्तारित बैठक, प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । धादिङ(काठमाडौं सम्पर्क मञ्चको आयोजनामा उक्त विस्तारित बैठक, प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा एमालेका स्थायी समिति सदस्य तथा योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. डा. पुष्प कँडेल, बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोक ठकुरी, सम्पर्क समन्वय कमिटीका सदस्य राम प्रसाद रिमाल, प्रदेश कमिटी सदस्य उमेश थापा, अनुसाशन आयोगका सदस्य रण कुमारी बलमपाखी मगर लगायत नेताहरुको उपस्थिति रहेको थियो ।