बेनीघाट रोराङका अध्यक्ष विवेकलाई सम्मान

Avatar photo
Dhadingpost
भदौ २५, २०७९

धादिङ । योगदान राष्ट्रका लागि धादिङ शाखाले बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक), उपाध्यक्ष टाप बहादुर श्रेष्ठ र वडा अध्यक्ष राजु बहादुर मगरलाई सम्मान गरेको छ । प्राथमिक उपचार हाम्रो सरोकार भन्ने नारा सहित स्थापना भएको यस संस्थाले विविन्न समाजिक कामहरु गर्दै आएको छ ।

संस्थाको सल्लाहकार समेत रहेका अध्यक्ष कृष्ण बहादुर थपलिया, आजिवन सदस्य उपाध्यक्ष टाप बहादुर श्रेष्ठ र सदस्य राजु बहादुर मगरलाई एक विशेष कार्यक्रम बीच सम्मान गरिएको योगदान राष्ट्रका लागि धादिङ शाखाले जनाएको छ ।

योगदान राष्ट्रका लागि धादिङ जिल्लाका अध्यक्ष धुर्व पाण्डेले संस्था स्थापना गर्न पालिका अध्यक्ष थपलियाको महत्वपूर्ण भुमिका रहेको बताए । थिए भने सामाजिक काममा अग्रसर रहेने हरेक व्यक्ति, संस्थालाई सहयोग गर्न आफू सधैं सकारात्मक रहेको अध्यक्ष थपलियाले प्रतिवद्धता जनाएका थिए ।