
धादिङ । नीलकण्ठ नगरपालिका स्तरीय माध्यामिक विद्यालय शिक्षक यूनियन नेपाल नगर कार्यसमितिको संयोजकमा नविन श्रेष्ठ चयन भएका छन् ।
शनिबार भएको नगर भेलाले माध्यामिक विद्यालय शिक्षक यूनियन नीलकण्ठ नगरपालिकाको तदर्थ समितिको संयोजकमा श्रेष्ठलाई चयन गरेको हो । भेलाले नगर समितिको सदस्यमा उत्तम भट्ट, प्रकाश क्षेत्री, ई. रोजन श्रेष्ठ, मदन सापकोटा, अर्जुन कार्की, मनोज कुमार श्रेष्ठ, चेतनाथ न्यौपानेलाई चयन गरेको छ ।
माध्यामिक तहको अनुदान दरबन्दी रहेका शिक्षकहरुको छाता संगठन माध्यामिक विद्यालय शिक्षक यूनियन धादिङले अहिले जिल्लाभर पालिका स्तरीय भेला गरि रहेको छ यहि शिलसिलामा आज नीलकण्ठको नगर भेला सम्पन्न भएको जनाएको छ ।
स्थानीय तहको भेला सकेर आगामी असोज ८ गते जिल्ला भेला गर्ने तयारी भएको माध्यामिक विद्यालय शिक्षक यूनियन धादिङका अध्यक्ष राजु गोदारले बताए ।
