एथलेष्टिकतर्फ धादिङका ३ जना नवौं राष्ट्रिय खेलकुदका लागि छनोट

Avatar photo
Dhadingpost
भदौ २५, २०७९

धादिङ । असोजको पहिलो साता गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागमती प्रदेश खेलकुद परिषदले आफ्नो प्रदेशबाट उक्त प्रतियोगितामा सहभागि हुने खेलाडी छनोट गरिहेको छ भने छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेर अभ्यास गाईरहेको छ ।

यहि भाद्र २२ र २३ गते दुई दिन लगायर बागमती प्रदेशले एथलेष्टिकका खेलाडी छनोट गरेको छ जसमा धादिङका महिला तर्फ २ जना र पुरुष तर्फ १ जना गरि ३ जना छनोट हुन सफल भएका हुन् ।

प्रदेश स्तरीय छनोट खेलमा धादिङ ज्वालामुखि गाउँपालिका निवासी सन्तोषी श्रेष्ठ ५ हजार मिटरको दौडमा प्रथम, गल्छी गाउँपालिका निवास लक्ष्मी श्रेष्ठ (महिला तर्फ) २१ किलोमिटर दौडमा प्रथम र खनियाबासका श्रीलाल तामाङ २१ किलो मिटरको दौडमा प्रथम हुँदै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागमती प्रदेशबाट छनोट भएका हुन् ।

नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशबाट धादिङकी बविता पुरी महिला ब्याडमिन्टन, महिला फुटबलका लागि ३ जना रितु घले, पार्वती घले र अनु भुसाल, फुलकन्ट्याक्ट करातेमा एकता कुमाल छनोट भैसकेका छन् ।