
धादिङ । धादिङ जिल्लाका तीन जना खेलाडी असाेज पहिलाे साताबाट गण्डकी प्रदेशमा हुने नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगिता बागमती प्रदेश टिमबाट खेल्न पाउने भएका छन् ।
बागमती प्रदेशबाट नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगिताका लागि छनाेट भएका धादिङ तीन खेलाडीहरुमा रितु घले, पार्वती घले र अनु भुसाल रहेका छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लागि बागमती प्रदेशबाट धादिङ सल्यानटार निवासी एकता कुमाल छनाेट भएकी छिन् ।
प्रशिक्षक अर्जुन घिमिरेका अनुसार धादिङ सल्यानटार निवासी एकता कुमालले फुलकन्ट्याक्ट करातेकाे फाईनलमा काठमाडौंबाट खेल्ने रश्मि श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जित्दै बागमती प्रदेशबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ खेल्ने भएकी हुन् ।
