
धादिङ । एकीकृत समाजवादी धादिङको प्रतिनिधीसभा र प्रदेश क्षेत्रबाट आकांक्षीको नाम सिफारिस भएको छ । एकीकृत समाजवादी धादिङको बैठकले आगामी मँसिर ४ गते हुने निर्वाचनका लागि उक्त सँख्याका आकाँक्षीको नाम प्रदेश कमिटीमा पठाउने गरि सिफारिस गरेको हो ।
प्रतिनिधीसभा क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ राजेन्द्र प्रसाद पाण्डे, गँगालाल तुलाधर, सुवास खतिवडा र कुमार पाण्डेको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ शिवराज कँडेलको नाम सिफारिस गरिएको छ ।
यसैगरी प्रतिनिधीसभा क्षेत्र नम्बर १ को (क) बाट प्रत्यक्ष तर्फ रामचन्द्र आचार्य र विनोद पाण्डेको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ भने शँकर तामाङ, निरु खरेल रामकुमार गिरि, र चन्द्रबहादुर तामाङको नाम सिफारिस भएको छ ।
यसैगरी प्रतिनिधीसभा क्षेत्र नम्बर १ को (ख) बाट प्रत्यक्ष तर्फ सुरेश मल्ल र कृष्ण अर्यालको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ मायादेवी शर्मा, सिता ढुँगाना र खुनराज थापाको नाम सिफारिस भएको छ ।
प्रतिनिधीसभा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ गुरु प्रसाद बुर्लाकोटीको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ जिवन तामाङ र पार्वती चाम्लिङ राईको नाम सिफारिस गरिएको छ ।
यस्तै प्रतिनिधीसभा क्षेत्र नम्बर २ को (क) बाट शिवराज सापकोटा, शान्तविक्रम बाँनिया र अज्जनाथ सापकोटा सिफारिस भएका छन् । समानुपातिक तर्फ भने हरि प्रसाद शर्मा, हेमराज छत्कुली, नवराज छत्कुली र राम नेपालीको नाम सिफारिस भएको छ ।
यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ को (ख) बाट प्रत्यक्ष तर्फ अन्जन थापा (कुमार) प्रदिप फ्युवा र समानुपातिक तर्फ ईन्दिरा ढुँगाना र एलिज तामाङको नाम सिफारिस गरिएको छ । यो समाचार नागरकि पाटीबाट लिईएको हो ।
