धादिङ । ६० औं रेडक्रस दिवसको अवसरमा आज धादिङबेसीमा १०७ जनाले रक्तदान गरेका छन् । युवा रेडक्र सर्कल नीलकण्ठ बहुमुखी क्याम्पस, नेपाल निजामती कर्मचारी युनियन धादिङको आयोजनामा भएको उक्त कार्यक्रममा ३१ महिला र ७६ जना पुरुषले रगत दान गरेका हुन् ।