धादिङको राजमार्ग क्षेत्रका होटलमा फेरि अनुगमन, १५ वटा कार्वाहीमा

Avatar photo
Dhadingpost
भदौ १९, २०७९

धादिङ । धादिङ जिल्लामा जिल्ला अनुगमन समितिले पृथ्वी राजमार्ग क्षेत्रमा सञ्चालित होटल तथा खाजा घरहरूमा अनुगमन गरेको छ । शनिबार गरेको अनुगमनमा १५ वटा फर्महरु कार्वाहीमा परेका छन् ।

यस अघि भाद्र ९ र १० गते पनि अनुगमन समितिले राजमार्ग क्षेत्रमा होटल तथा खाजा घरहरूमा अनुगमन गरेको त्यो बेला १८ वटा अनुगमन गर्दा ११ वटा कार्वाहीमा परेका थिए भने शनिबार २६ वटा अनुगमन गर्दा १५ वटा कार्वाही परेको जिल्ला घरेलु कार्यालय धादिङले जनाएको छ ।

यी हुन् शनिबारको अनुगमनमा कार्वाहीमा पर्ने फर्महरु

  • श्री नगर मोटल होटल, (बेनीघाट रोराङ गा.पा. – ३, मलेखु बजार) रू १०,०००।- जरिवाना
  • निशा ट्रेडर्स, (बेनीघाट रोराङ गा.पा. – ३, मलेखु बजार) रू.२००००।- जरिवाना
  • श्री लामा होटल, गजुरी गा.पा. – २, मलेखु बजार रू.५,०००।- जरिवाना
  • झापाली भान्छा घर, गजुरी गा.पा. – २, मलेखु बजार रू.५,०००।- जरिवाना
  • राधिका होटल, गजुरी गा.पा. – २, मलेखु बजार रू.५,०००।- जरिवाना
  • कालिका ए टु जेड स्टोर्स, थाक्रे गा.पा. – ३, सिम्ले रू. ५,०००।- जरिवाना
  • पश्चिम नेपाल होटल एण्ड रेष्टुरेण्ट, थाक्रे गा.पा. – २, सिम्ले रू. १००००।- जरिवाना
  • ग्रीन गार्डेन होटल, धुनिबेशी न.पा. – ६, मितेरी टोल रु.५०००।- जरिवाना
  • मितेरी कोल्ड स्टोर्स, धुनिबेशी न.पा. – ६, मितेरी टोल रू.५०००।- जरिवाना
  • फाष्ट एण्ड इजी क्याफे, धुनिबेशी न.पा. – ६ , नौबिसे रू.५०००।- जरिवाना
  • हाइवे ब्रेक प्वाइन्ट खाजा घर, धुनिबेशी न.पा. – ९, कानाकोट रू. २००००।- जरिवाना
  • के.बी. होटल, धुनिबेशी न.पा. – ९, कानाकोट रू.५०००।- जरिवाना
  • हाइवे रेष्ट सेन्टर, धुनिबेशी न.पा. – ९, कानाकोट रू. १००००।- जरिवाना
  • मंगोलियन फाष्ट फुड, धुनिबेशी न.पा. -९, कानाकोट रू.५००० जरिवाना
  • मन्दिरा होटल एण्ड खाजा घर, गजुरी गा.पा. – २, बिहानी रू.५००० जरिवाना