
धादिङ । धादिङको सिद्धलक गाउँपालिका स्तरीय सिद्धलेक भलिबल संघको अध्यक्षमा सन्दिप थापामगर चयन भएका छन् । आज गाउँपालिका परिषरमा सम्पन्न भेलाबाट उनी अध्यक्षमा चयन भएका हुन् ।
केहि महिना अघि सम्पन्न जिल्ला भलिबल संघको अधिवेशनमा महासचिवमा दावि गरेका सन्दिप थापामगरले महासचिव पद विकास कोईरालाई समर्थन गर्दै दावी फिर्ता गरेका थिए ।
विदुर इटनीले धादिङपोष्टलाई जानकारी दिए अनुसार, सिद्धलेक भलिबल संघको उपाध्यक्षमा हरि गुरुङ र विज्ञान ईटनी, महासचिवमा गणेश सिलवाल, कोषाध्यक्षमा विमला थापामगर, सदस्यहरुमा प्रमोद श्रेष्ठ, सुनिल श्रेष्ठ, विनोद घले, भिमबहादुर थापामगर, प्रविण श्रेष्ठ समर्पण राना चएन भएका छन् ।
