पत्रु खाना (जंक फुड) नखाऔं स्वस्थ रहौं

Avatar photo
Dhadingpost
भदौ १६, २०७९

पत्रु खाना (जंक फुड) को प्रयोगले शरीरका विभिन्न प्राणालीमा असर गर्छ । यसको पहिलो असर पाचन प्रणालीमा पर्न जान्छ । जसको कारण शरीरमा पोषणको अभाव भइ कुपोषण देखिने, मोटोपन आउने, शारीरिक वृद्धिविकासमा बाधा पुग्ने, मानसिक विकासमा अवरोध आउने, जुका पर्ने, आँखाको रोशनी कमजोर हुने, रक्तअल्पता हुने जस्ता धेरै शारीरिक समस्याहरू देखा पर्न थाल्छ्न ।
१. पत्रु खाना (जंक फुड) को प्रयोगले, अघाएको अनुभव हुन्छ । पेट भरिन्छ । त्यही कारण हामी अन्य पोषिलो खानेकुरा खान सक्दैनौँ । यसबाट के हुन्छ भने, शरीरमा पोषणको अभाव । किनभने जंकफुडमा पोषक तत्व हुँदैन । त्यसैले कुपोषण देखा पर्न थाल्छ ।
२. जंक फुडमा उच्च क्यालोरी हुन्छ । यसले हाम्रो शरीरको तौल अनियन्त्रित रुपमा बढ्न थाल्छ । यदि हामीले प्रत्येक दिन पाँच सय क्यालोरी ग्रहण गर्‍यौँ भने एक हप्तामै तौल बढ्छ । तौल बढ्नु भनेको मोटोघाटो हुनु होइन । बरू, शरीरमा बोसोको मात्रा बढ्नु हो । यो अवस्थामा शरीरका भित्री अंगहरूलाई आफ्नो काममा अवरोध हुन्छ । नतिजा, हाम्रो शरीर रोगहरूको घर बन्न पुग्छ ।
३. अहिले मधुमेह तथा मुटुका रोगीहरू बढ्दो छन् । यसको मुख्यकारण हो, जंक फूड । विभिन्न अध्ययनबाट के थाहा भइसकेको छ भने, अत्यधिक मात्रामा जंक फूड सेवन गर्ने बच्चाहरू मधुमेहको चपेटामा पर्छन् । जब मधुमेहको समस्या हुन्छ, जीवनभर त्यसबाट छुटकारा पाउन सकिँदैन ।
४. जंक फुडमा सोडियमको मात्रा बढी हुने हुँदा अधिक सोडियम सेवनको कारण मुटुको समस्या निम्तिन सक्छ । त्यति मात्र होइन, आवश्यकता भन्दा बढी सोडियमले उच्च रक्तचाप र स्ट्रोकको खतरा पनि निम्त्याउँछ ।

जनहितका लागि
खनियाबास गाउँपालिका धादिङ