७२ जिल्लाका तीन हजारमा डेंगु पुष्टि

Avatar photo
Dhadingpost
भदौ १६, २०७९

काठमाडौं । नेपालमा डेंगुको सङ्क्रमण दैनिक बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार पुसदेखि बुधबारसम्म ७२ जिल्लाका ३२ सय २७ जनामा डेंगु पुष्टि भएको छ ।

धादिङमा एकै दिन ११ जनामा डेंगु पुष्टि, डेढ महिनामा १४४ संक्रमित

साउन १५ देखि भदौ १५ गतेसम्म एक महिनामा २५ सय जनामा डेंगु पुष्टि भएको छ । बागमती प्रदेशमा डेंगुको सङ्क्रमण सबैभन्दा बढी देखिएको छ । बागमती प्रदेशमा २१ सय आठ जनामा डेंगु पुष्टि भएको दाहाल बताउँछन् । त्यसै गरी, लुम्बिनी प्रदेशमा छ सय ९८ जनामा डेंगु पुष्टि भएको छ ।

काठमाडौंमा ५ सय ६२ र रुपन्देहीमा तीन सय ९२ जनामा डेंगु पुष्टि भएको छ। डेंगु पुष्टि भएका ८० प्रतिशतभन्दा बढी बिरामी १० वटा जिल्लाका रहेको डा. दाहालले उल्लेख गरे । सङ्क्रमण बढ्दै गएको भए पनि अहिले नै महामारीको घोषण गर्न नमिल्ने डा. दाहाल बताउँछन् ।

अझै दुई महिना डेंगुका बिरामी बढ्ने डा. दाहालको अनुमान छ । छिटै मनसुन सुरु भएकाले छिटै पिकमा पुग्ने उहाँको अनुमान छ ।