
धादिङ । हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा धादिङबेसीमा भएको तीज गीत प्रतियोगितामा ज्योति महिला समूह प्रथम भएको छ । प्रतियोगितामा प्रगतिशिल महिला समूह द्धितीय र कल्पना श्रेष्ठको समूह तृतिय भए ।
जिल्ला सामुदायिक आँखा केन्द्र धादिङले आयोजना गरेको उक्त प्रतियोगिताको विजेताहरुलाई प्रथम, द्धितीय र तृतिय हुने महिला समूहलाई क्रमशः १२ हजार,१० हजार र ८ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागि टिमहरु सबैलाई २–२ हजार प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, जिल्ला समन्वय समितिका उपप्रमुख, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति नारायण तिमिल्सिना, जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका प्रमुख रामसिङ तामाङ लगायतको उपस्थिति रहेको थियो ।
