
धादिङ । धादिङबेसी स्थित पशुपति मन्दिरमा लायन्स क्लव अफ काठमाडौ धादिङले भक्तजनहरुलाई ग्लुकोज पानी र जिवनजल वितरण गरेको छ ।
हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा पुजा गर्न मन्दिर पुगेका भक्तजन महिलाहरुलाई लायन्स क्लवले सहयोग स्वरुप ग्लुकोज पानी र जिवनजल वितरण गरेको विक्रम वि.क. ले धादिङपोष्टलाई बताए ।
लायन्स क्लब अफ काठमाडौ धादिङका द्वितिय उपाध्यक्ष समेत रहेका विक्रम वि.क. का अनुसार बिहान ९ बजे देखि साँझ ६ बजे सम्म नागरिक सहायता कक्ष संचालन गरि सहयोग गरिएको थियो भने मन्दिर परिषमा सरसफाई समेत गरिएको थियो ।
