बेनीघाट रोराङका ४ स्वास्थ्य चौकीलाई ह्वील चियर हस्तान्तरण

Avatar photo
Dhadingpost
भदौ १४, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा रहेर विभिन्न सामाजिक कार्यहरु गर्दै आई रहेको तर्क/तिलकुमारी बिसुराल स्मृति प्रतिष्ठानले ह्वील चियर (Wheel Chair) हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानले बेनीघाट रोराङ गाउँपालिको महादेबस्थान/धुषा/बेनिघाट र जोगिमारा स्वास्थ्य चौकीका लागि ह्वील चियर (Wheel Chair) गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा सहयोगी तर्क तिलकुमारी बिसुराल स्मृति प्रतिष्ठानलाई गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिाया (विवेक) ले धन्यावाद दिँदै ह्वील चियर तत्काल स्वास्थ्य चौकी पठाईने बताएका थिए ।