
धादिङ । धादिङका तेक्वान्दो प्रशिक्षक अमृत तामाङ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागमती प्रदेशको खेलकुद छनोट समितिमा नियुक्त भएका छन् ।
बागमती प्रदेश खेलकुद परिषदले बागमती प्रदेशबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तेक्वान्दो खेलाडी छान्न बनाएको ३ सदस्यीय समितिको सदस्यमा धादिङका अमृतलाई नियुक्त गरेको हो ।
खेलकुद प्रदेश परिषदले तेक्वान्दोका खेलाडी छनोट गर्न राजेश प्रजापतिको संयोजक रहेको तीन सदस्यीय छनोट समिति बनाउँदा धादिङका अमृत तामाङ र अशोक खड्का सदस्यमा नियुक्त भएका हुन् । यो समितिले भाद्र २० र २१ गते बागमती प्रदेशबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने तेक्वान्दो तर्फको खेलाडी छनोट गर्ने छ ।
