बेनीघाट रोराङ गाउँपालिका कार्यलयमा स्तनपान कक्ष उद्घाटन

Avatar photo
Dhadingpost
भदौ १३, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले बच्चा सहित आउने सेवाग्राही र कर्मचारीहरुलाई लक्ष्यित गरेर स्तनपान कक्ष संचालनमा ल्याएको छ । उक्त स्तनपान कक्ष आईतबार एक विशेष कार्यक्रमका साथ पालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले उद्घाटन गरेका थिए ।

सेवा लिन आउने सेवाग्राही र कर्मचारीको बच्चालाई स्तनपान गराउन गाउँपालिका कार्यालयमै स्थनपान कक्ष संचालनमा ल्याएका हौं । महिलाहरूले खुल्ला स्थानमा असहजरूपमा स्तनपान गराउनु पर्ने बाध्यता अब गाउँपालिकामा हुँदैन पालिका अध्यक्ष थपलियाले भने ।

पालिकाका स्वास्थ्य संयोजक शंकर बाबु दुवाडीका अनुसार पालिकाका सबै स्वास्थ्य संस्थाहरुमा स्तनपान कक्ष संचालनको प्रक्रियामा अगाडी बढी सकेको छ भने महादेवबेसी स्वस्थ्य चौकीमा यस अघि देखिनै स्तनपान कक्ष संचालनमा आई सकेको छ ।