
धादिङ । राष्ट्रिय वाणिज्य वैंक जिल्ला शाखा धादिङले जिल्ला प्रहरी कार्यालय धादिङमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रमको मुख्य उद्धेश्य ग्राहकलाई वित्तिय साक्षरता, बैंकको आधुनिक प्रविधि, आकर्षक व्यादर सहितको निक्षपको सुरक्षा, कर्जाको सदुपयोगिता र आधुनिक प्रविधिबाट हुने जोखिम न्यूनिकरणका विषयमा सहजिकरण गरिएको धादिङ शाखाका प्रवन्धक दिपक न्यौंपानेले बताए ।
राष्ट्रिय वाणिज्य वैंकले देशभरिका ७७ जिल्लामा २६० वटा शाखा मार्फत आफ्ना सेवाग्रहीहरुलाई वचत खातामा अधिकतम ९.०३ प्रतिशत, र मुद्धतिमा १२.०३ प्रतिशत वार्षिक ब्याजदर सहित ६ वर्ष ७ महिना २३ दिनमा जति रकम जम्मा गरेपनि फुल डबल योजना सेवा प्रवाह गरेको धादिङ शाखाका प्रवन्धक न्यौपालेले बताए ।
धादिङ शाखामा डिजिटल टोकन प्रणाली र कर्मचारीको फुल दरबन्दीका कारण काममा सेवा ग्राहीले सहज सेवा लिन सक्ने हुँदा यस बैंकको लोकप्रियता झनै बढ्दै गएको उनले बताए ।
