धादिङको राजमार्ग क्षेत्रमा १८ होटल अनुगमन गर्दा ११ वटा कार्वाहीमा

Avatar photo
Dhadingpost
भदौ १२, २०७९

धादिङ । धादिङको राजमार्ग क्षेत्रमा सञ्चालित १८ वटा होटल तथा खाजा घरहरुमा अनुगमन गर्दा ११ वटा कार्वाहीमा परेको घरेलु कार्यालय धादिङले जनाएको छ ।

राजमार्ग क्षेत्रमा सञ्चालित होटल तथा खाजा घरहरुमा पटक पटक अनुगमनमा गर्दै जरिवाना तिराएर छाड्ने विगतको चलनलाई निरन्तरता दिँदै यस पटक पनि जिल्ला अनुगमन टोलीले १८ वटा अनुगमन गरि ११ वटा होटल तथा खाजा घरलाई कार्वाही स्वरुप जरिवाना तिराएको छ ।

यी हुने अनुगमनका क्रममा कार्वाही स्वरुप जरिवाना तिराईएका होटलहरु

  • न्यू लुम्बिनी होटल, गल्छी, रू.१०,०००।– जरिवाना
  • न्यू काष्ठमण्डप होटल, थाक्रे, रू.१५,०००।– जरिवाना
  • होटल हिराचन एण्ड रेष्टुरेन्ट थाक्रे, रू.५,०००।– जरिवाना
  • आर.पि. कोल्ड स्टोर एण्ड खाजा घर धुनिबेशी, रू.२००००।– जरिवाना
  • मच्छिन्द्र स्टाफ होटल धुनिबेशी खानिखोला, रू.५,०००।– जरिवाना
  • जुनतारा रेष्टुरेन्ट एण्ड लज, (गल्छी ७, भल्टार) रू.१०,०००।– जरिवाना
  • सफल होटल बेनीघाट रोराङ ३ सलाङघाट रू.१००००।– जरिवाना
  • नेपाल माइक्रो खाना एण्ड खाजा घर बेनीघाट रोराङ रू.१००००।– जरिवाना
  • युनिक हाइवे होटल बेनीघाट रोराङ ७ रु.१००००।– जरिवाना
  • बुढिगण्डकी हाइवे रेष्टुरेन्ट बेनीघाट रोराङ ५ विशालटार रू.५००० जरिवाना
  • चितवन स्टाफ होटल बेनीघाट रोराङ ३ सलाङघाट रू.२०००० जरिवाना