मार्शल आर्टका ‘गड्फादर’ ध्रुव बिक्रम मल्ल काठमाडौं ७ बाट उठ्ने

Avatar photo
Dhadingpost
भदौ ११, २०७९

धादिङ । मार्शल आर्ट खेलाडी बीच ‘गड्फादर’ का रुपमा चिनिने ध्रुव बिक्रम मल्ल काठमाडौं निर्वाचन क्षेत्र नं-७ काे संघीय सांसदमा राप्रपाबाट उठ्ने भएका छन् ।

खेलकुद र समाजसेवामा विशेष योगादान गर्दै आएका मल्लले धादिङपाेष्ट सँग कुरा गर्दै भने, मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौं ७ काे टिकट दिन पार्टी हेडक्वाटरमा प्रस्ताव राखेकाे छु पार्टीले टिकट दियाे भने जित्छु पनि ।

गत चुनावमा राप्रपाका विक्रम थापाले साढे १0 हजार भन्दा बढी मत ल्याएको काठमाडौं-७ मा मल्लले टिकट पाए, राप्रपाले जित्न सक्ने स्थानीयहरु बताउँछन् ।

बालाजु कराते-डो प्रतिष्ठान नेपाल र टेकू एवं नागार्जुन-४ स्थित जन उद्धार सेवा समितिका अध्यक्ष, सामुदायिक विकास संघ वनस्थलीको तीन कार्यकाल अध्यक्ष रहेका मल्ल मार्शल आर्टका अन्तर्राष्ट्रिय रेफ्री पनि हुन् । मल्लले राष्ट्रिय-अन्तर्राष्ट्रिय कीर्तिमानी खेलाडीहरू उत्पादन गरेर संसारभरि नेपालको नाम र प्रतिष्ठा उच्च स्थानमा पुर्‍याएका छन् ।