स्वर्ण जित्ने खेलाडी स्वत प्रदेशकाे बन्द प्रशिक्षणमा पर्छन् -सदस्य सचिव भण्डारी

Avatar photo
Dhadingpost
भदौ ११, २०७९

धादिङ । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले प्रथम बागमती प्रदेश स्तरीय खेलकुद प्रतियाेगितामा व्यक्तिगत स्पर्धामा पहिलो हुने खेलाडी संवत् प्रदेशकाे बन्द प्रशिक्षणमा पर्ने धादिङपाेष्टलाई बताए ।

बागमतीमा खेलाडी छनाेट मनलाग्दी, स्वर्ण पदक विजेता धादिङका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएन भन्ने शिर्षकमा धादिङपाेष्टले समाचार प्रकाशित गरेपछि प्रतिक्रिया जनाउँदै सदस्य सचिव भण्डारीले प्रदेशले मापदण्ड अनुसार नै खेलाडीले छनाेट गरिने बताएका हुन् ।

अहले प्रथम बागमती प्रदेश स्तरीय खेलकुदमा व्यक्तिगत स्पर्धामा पहिलो र दोस्रो स्थान हासिल गरेका खेलाडी तथा टिम स्पर्धामा छनोटमा परेका खेलाडीहरुकाे फर्म भर्न सुरुभएकाे छ बन्द प्रशिक्षण सुरुभएकाे छैन स्वर्ण पदक ल्याउने खेलाडी बन्द प्रशिक्षणमा पर्ने उनले बताए ।

प्रदेशकाे बन्द प्रशिक्षणमा एथलेटिक्स तर्फ धादिङका सन्ताेषी श्रेष्ठ , लक्षमी थापा र श्रीलाल तामाङ प्रदेशकाे बन्द प्रशिक्षणमा पर्ने एथलेटिक्सका अारके विष्टले बताए । प्रदेश स्तरिय रास्ट्रपती रनिङ शिल्डमा ज्याभलिन थ्रो मा प्रथम अप्सरा सुनारकाे बारेमा भने प्रदेश निर्णय गरि नसकेकाे बताए ।