
धादिङ । आगामी असाेज पहिलाे साता गण्डकी प्रदेशमा नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगिता गण्डकी प्रदेशमा हुन गहि रहेका छन् भने सबै प्रदेशहरुमा उक्त प्रतियाेगिताका लागि खेलाडी छनाेट तथा बन्द प्रशिक्षण सुरु भएकाे छ ।
बागमतीले भलिबल, फुटबल, क्रिकेट, कराते, तेक्वान्दो, एथलेटिक्स र बक्सिङ खेलमा खेलाडी छनोट गर्न गत चैतमा सम्पन्न भएकाे प्रदेश खेलकुदकाे नतिजा अनुसार गर्ने मापदण्ड बनायाे । मापदण्डमा प्रथम बागमती प्रदेश स्तरीय खेलकुदमा व्यक्तिगत स्पर्धामा पहिलो र दोस्रो स्थान हासिल गरेका खेलाडीबाट छनाेट गरि प्रदेशकाे टिम तयार गर्ने र बन्द प्रशिक्षणमा राख्ने निर्णय छ ।
बागमती प्रदेशले पनि खेलाडी छनाेट मापदण्ड बनाएर खेलाडी छनाेट प्रकृया अगाडि बढाई रहँदा कतिपय विधाका खेलहरुमा मनलाग्दी छनाेट गर्दा प्रथम बागमती प्रदेश स्तरीय खेलकुदमा स्वर्ण पदक विजेता धादिङका खेलाडीलाई बन्द प्रशिक्षणकामा समेत छनाेट गरिएकाे छैन ।
बागमती प्रदेश सरकारले आयोजना गरेको प्रथम प्रदेश स्तरीय खेलकुद प्रतियोगिताकाे एथलेटिक्स तर्फ महिला १० किमी दौडमा प्रथम हुन सफल लक्ष्मी थापा, प्रदेश स्तरिय रास्ट्रपती रनिङ शिल्डमा ज्याभलिन थ्रो मा प्रथम अप्सरा सुनार बागमतीकाे छनाेट मापदण्ड भित्र परेपनि बन्द प्रशिक्षणमा बाेलाएन । यस्तै मापदण्ड भित्रै पर्ने , प्रथम प्रदेश स्तरीय खेलकुद प्रतियोगिता पुरुष १० किमी दौड तर्फ दोस्रो भएको श्रीलाल तामाङ र मकवानपुर सँग पराजित हुदा उपविजेता बनेकाे धादिङ टिमका स्वप्निल अधिकारीलाई बन्द प्रशिक्षणमा समेत छनाेट गरिएकाे छैन । बन्द प्रशिक्षणमा राखेर प्रदेश टिममा राख्ने या नराख्ने अप्सन हुँदा हुँदै पनि मापदण्ड विपरित अाफुहरुलाई अन्याय गरिएकाे उनीहरुले बताएका छन् । धादिङका राम्रा क्रीकेटर धादिङ गंगाजमुना गाउँपालिकाका सप्निल अधिकारीले पोखरामा सम्पन्न पोखरा प्रेमिएर लिग , प्रधानमन्त्री कप वाग्मती छनोट, चितवन प्रिमिएर लिग र यु-१९ राष्ट्रिय क्रीकेट टिमको क्यापमा समेत परेका खेलाडी हुन् ।
प्रदेशमा स्वर्ण पदक विजेता खेलाडी समेत बन्द प्रशिक्षण किन परेनन भन्ने हाम्रो जिज्ञासामा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले एथलेटिक्सकाे जिम्मा आरके विष्टलाई दिईएकाे र विष्टलाई सम्पर्क गर्न भने विष्टलाई फाेन गर्दा उठाएन् ।
धादिङबाट काेकाे परे प्रदेशकाे बन्द प्रशिक्षणमा
बागमती प्रदेशले फुटबल तर्फ ४९ जना बन्द प्रशिक्षणमा छनोट गर्दा अन्तराष्ट्रिय प्रतियोगिता खेलि सकेका इश्वर गुरुङ एभिजन लिग खेलि सकेका विपिन कडेल र रवि भण्डारी गरी ३ धादिङका परेका छन् ।
क्रिकेटमा २८ जना खेलाडीहरुलाई बागमती प्रदेशले बन्द प्रशिक्ष राख्दा धादिङबाट अमृत थापा, उज्वल थापा, श्याम त्रिपाठी र कौशल रुपाखेती परेका छन् । यस्तै भलिबल पुरुष तर्फ २३ जना बन्द प्रशिक्षणको लागि छानिदा धादिङबाट मनोजकुमार श्रेष्ठ मात्रै परेका छन् भने महिला भलिबलमा २० जना छान्दा धादिङबाट गंगा गुरुङ कृषला बराम दुई जना परेका छन् ।
महिला फुटबल तर्फ ३३ जनालाई बागमती प्रदेशले बन्द प्रशिक्षणमा राख्दा धादिङबाट ५ जना महिला खेलाडी छनोटमा परेका छन् । धादिङबाट महिला फुटबल तर्फ प्रदेशको बन्द प्रशिक्षणमा पर्ने खेलाडीहरुमा पार्वती घले, रञ्जिता दुरा, खन्जना विसुङ्खे, कमला घले र सजना राई छन् ।
यस्तै एथलेष्टिक तर्फ अन्तराष्ट्रिय प्रतियोगिताहरुमा समेत प्याम्पियन बनेर आफ्नो छुट्टै परिचय बनाउन सफल खेलाडी सन्तोषी श्रेष्ठलाई प्रदेशले धादिङबाट ५००० मिटर दौडको लागि बन्द प्रशिक्षणमा बोलाएको छ ।






