गलौदी फुलबलमा आज यी ४ खेल हुँदै

Avatar photo
Dhadingpost
भदौ १०, २०७९

धादिङ । धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा जारी फुटबल प्रतियोगिताको दोस्रो दिन आज चार खेलहरु हुने आयोजक गलौंदी युवा समाजका रविन्द्र सापकोटाले बताएका छन् ।

सापकोटाका अनुसार आज पहिलो खेल बेनिघाट युवा क्लव vs अरुणोदय क्लव, दोस्रो खेल किराञ्चोक फुटबल क्लव vs सीटीभीटी फुटबल टिम, तेस्रो खेल केउरेनी युवा क्लव vs सिमटार फुटबल टिम र आजको अन्तिम खेल चालिसे फुटबल टिम vs चिल आउट बीच हुनेछ ।

पहिलो दिनको खेल अपडेट यस्तो थियो
विपिन कडेलको गोलको वर्षा

विपिन कडेलले एकल ५ गोल गरेका थिए भने दनियल राना २, मनिश नेपाल २ गोल, शैलेन्द्र लामा १ गोल, जिन डल्लाकोटी १ र विपक्षी आत्म घाती १ गोल सहित गजुरी सामुदायी विकास समितिले आयोजक गलौंदी युवा समाज बी लाई पराजित गरेको थियो । गजुरी साविसको १२ गोलको विरुद्ध गलौंदी बीले १ गोल पनि गर्न नसकि प्रतियोगिताबाट बाहिरिएको छ ।

दोस्रो खेलमा ताल्ती युवा क्लव को २ गोलका विरुद्ध ३ गोल गर्दै अरुणोदय युवा क्लव ए विजयी भएको छ । ताल्तीका लागि श्रीराम तामाङले २ गोल गरेकाथिए भने अरुणोदयको लागि रविसागर मगर १ र सञ्जिव तामाङले २ गोल गरेका थिए ।

यस्तै तेस्रो खेलमा घाटबेसीले भद्रकाली युवा क्लव मलेखुलाई पराजित गरेको छ । जितका लागि घाटबेसीले मलेखुको ४ गोलको विरुद्ध ५ गोल गरेको थियो । घाटबेसीका लागि रञ्जन पुनले २, मिसन लामा १ सुमित डंगोल १, उत्सव शर्माले १ गोल गरेका थिए भने भद्रकालीका लागि सुरज प्रजा २, निरुज सिल्वाल १ र दिपक मगरले १ गोल गरेका थिए ।

यस प्रतियोगिताको विजेता टिमले ३० हजार र उप विजेता टिमले १५ हजार नगद जित्ने अरुण सुवेदीले धादिङपोष्टलाई बताए । प्रतियोगिताको फाईलन भाद्र १२ गते हुने जनाईएको छ ।