धादिङ तिप्लिङको लब्दुङमा भलिबल प्रतियोगिता हुने, प्रथम पुरस्कार ६५,५००

Avatar photo
Dhadingpost
भदौ ९, २०७९

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका १ को तिप्लिङ स्थित लब्दुङमा असोज १८ गते देखि ६५हजार ५०० प्रथम, ३५ हजार ५०० दितिय, २० हजार तृतिय र सान्तोनालाई ५ हजार पुरस्कार रहेको भलिबल प्रतियोगिता हुने भएका छ ।

अजय तामाङले धादिङपोष्टलाई जनाए अनुसार हिन्दुहरुको महान चाड दशैको अवसरमा लब्दुङ युवा समाजले उक्त प्रतियोगिताको आयोजना गरेको हो । असोज १७ गते सम्म टिम दर्ता गर्न सकिने उनले बताए ।

भलिबल प्रतियोगितको साथमा गोरुजुधाई र साँस्कृतिक कार्यक्रम समेत हुने बताईएको छ ।